काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
स्रोतका अनुसार शनिबार बिहान १० बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो । महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको बुझिएको छ ।
भदौ १६ मा बस्ने केन्द्रीय समितिको बैठक अघि देउवाले महामन्त्रीद्धयको प्रतिवेदनमा सहमति खोज्न शिर्ष नेताहरुसँग छलफल गर्न थालेका हुन् । सभापति देउवाले प्रतिवेदनबारे मंगलबार र बिहिवार उपसभापति र महामन्त्रीद्धयसँग छलफल गरेका थिए ।
छलफलमा सहमति हुन नसकेपछि देउवाले शिर्ष नेताहरुको बैठक आह्वान गरेका हुन् ।
