मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

वर्तमान सत्ता गठबन्धन बन्नुमा क्याप्टेन रामेश्वर थापाको महत्वपूर्ण योगदान छ : सभापति देउवा 

वर्तमान सत्ता गठबन्धन बन्नुमा क्याप्टेन रामेश्वर थापाको महत्वपूर्ण योगदान छ : सभापति देउवा 

आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नजिक ल्याउने काम क्याप्टेन थापाले गरेको देउवाको भनाई

शनिबार, भदौ १५ २०८१
शनिबार, भदौ १५ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बन्नुमा क्याप्टेन रामेश्वर थापाको मत्वपूर्ण योगदान रहेको बताएका छन् । 

    शनिबार क्याप्टेन थापाद्धारा लिखित पुस्तक ‘इन टु द फायर’ विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नजिक ल्याउने काम क्याप्टेन थापाले गरेको भन्दै थापा सबैलाई सहयोग गर्ने मान्छे भएको भन्दै उनको प्रशंसा गरे । 

    “उहाँ (क्याप्टेन थापा) पहिलेदेखि नै मलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ । पार्टीलाई पनि सहयोग गर्नु भएको छ । उहाँ केपी ओली (एमाले) को पार्टीको नजिकको मान्छे भने ता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने मान्छे हो । मैले यसरी लिएको छु । यो लुकेर लुक्ने कुरा होइन् । ओली जी र मेराबीचमा नजिक ल्याउने काम, यो गठबन्धन बनाउने कुरामा पनि उहाँको ठूलो योगदान छ,” सभापति देउवाले भने । 

    पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । सम्बोधनको क्रममा ओलीले देउवासामू आफ्नो प्रधानमन्त्रीको कार्यकाल अब एक वर्ष १० महिना १५ दिन मात्र बाँकी रहेको बताएका थिए । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार