मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सलमानको घरमा फायरिङ गर्ने सुटर गिरफ्तार

सलमानको घरमा फायरिङ गर्ने सुटर गिरफ्तार

विक्कि गुप्ता र श्रीजोगेन्द्र पालमाथि फायरिङ गरेको आरोप

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख ५ २०८१

बलिउडका अभिनेता सलमानखानको घरबाहिर फायरिङगर्ने दुवै आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनिहरूलाई महाराष्ट्रको प्रहरीले गिरफ्तार गरेको । आरोपितहरू बिक्कि साहब गुप्ता र सागर श्रीजोगेन्द्रपाल रहेका छन् । दुवै आरोपितहरू भारतको बिहारको चम्पारण जिल्लाको नरकटिया मसही गाउँका रहेको समचार NDTV ले जनाएको छ ।

२४ अप्रिलको विहान  मुम्बैको रहेको सलमानखानको घरबाहीर बाईकमा आएका दुईजनाले आक्रमण गरेका थिए । फाईरिङ पछि त्यसको सीसिटिभि फुटेज बाहिर आएको आएको थियो । मुम्बै प्रहरीको अपराध शाखाले त्यो सीसिटिभि फुटेजको जाँच गरेको थियो ।

महाराष्ट्रबाहेक भारतका अधिकांश राज्यमा आरोपितहरूको खोजि भैरहेको थियो । अन्त्यमा यि आरोपितहरू भारतको गुजरात राज्यको भुजबाट गिरफ्तार भएका छन् । घटनाको जिम्मेवारी अमेरिकामा रहेका लारेन्स विश्वनोईका भाई अनमोल बिश्नोईले लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार