मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

स्रष्टा सम्मानित 

राष्ट्रपति पौडेलबाट १० स्रष्टा सम्मानित 

राष्ट्रपति पौडेलबाट १० स्रष्टा सम्मानित 

राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरे

शनिबार, भदौ २९ २०८१
शनिबार, भदौ २९ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन् ।

    सांस्कृतिक समाज नेपालले शनिबार आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेका हुन् ।

    राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गरे ।

    राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरे । कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार