काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् ।
केजरीवालले मंगलबार दिल्लीका एलजी विनय कुमार सक्सेनालाई राजीनामा बुझाएका हुन् । कथित मदिरा घोटाला प्रकणमा केजरीवाल १३ सेप्टेम्बरमा अदालतको आदेशपछि जमानतमा रिहा भएका थिए ।
रिहा भएको दुई दिनपछि उनले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही बमोजिम उनले आज दल्लीका एलजी विनय कुमार सक्सेनालाई राजीनामा पत्र बुझाएका हुन् ।
केजरीवालले राजीनामा दिएसँगै अब दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टीको आज बसेको विद्यायीकीको बैठकले आतिशीलाई सर्वसम्मत रुपमा दलको नेता चुन्नुको साथै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
केजरीवालले राजीनामा दिएसँगै आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने भएकी छन् ।
