काठमाडौँ । रामकुमार राईको गित 'म चेली आज जनमै लिए' सार्वजनिक भएको छ ।
रामकुमार राईद्वारा वि.स. २०४८/०४९ मा रचिएको उक्त गीत गत १८ गते शुक्रबार सार्वजनिक भएको हो ।
नेपाली समाजमा छोरी चेलीहरु जन्मघर, आमबुबा, दाजुभाईलाई छाडेर छोडी पराईको घर जानुपर्ने पिडादायक बाध्यता छ । यसैलाई समेटेर रामकुमार राईले आफ्नो गीतमा त्यो पिडालाई मीठो शैलिमा पस्किएका छन् । उक्त वियोगान्त गित गाउघरमा चाडबाडको बेला विशेष गरि दशैँ-तिहारमा स्थानीय बाजागाजामा गुन्जिने गर्थ्यो । अरुकै घर जाने जात भनेर छोरीलाई जन्मघरमा रहदा बेसरी काममा पेल्ने र शिक्षा बाट पनि बञ्चित गरिने नेपाली समाजमा रहेको भेदभावपुर्ण कुसंस्कारलाई उक्त गीतले चित्रण गरेको छ । यसरि दु:ख गरी बाउमाइतिलाई आर्थिक रुपमा सम्पन्न बनाउन मदत गरि एउटा उमेर पुगे पछि चटक जन्म घर छाडी जानुपर्ने बाध्यतालाई लेखक राईले गीतको माध्यमबाट पस्किने जमर्को गरेका छन् ।
मुख्यत यो गीत जनमोर्चा पार्टीमा (प्रकाश)को संस्कृतिक टोलि "इन्द्रेणी संस्कृतिक समाज" ले राजनीति जागरण अभियानमा बजाउने गरेको बताउनुहुन्छ सर्जक राई । चाडबाडको बेला माइती चेली जम्मा भएर दु:ख सुखका कुरा गर्ने र रमाउने नेपाली संस्कृति परमपारा रहेको छ ।
यस गितले गाउ घरमा मादल र गितारको तालमा गीत गाउदा पनि धेरैलाई रुवाउने गरेको बताउँछन सर्जक राई । नेपालीहरूले विशेष गरेर मनाउने चाडपर्व दशैँ तिहारलाई मध्यनजर गरेर गीत रेकर्ड गरिएको हो ।
