काठमाडौं । यस वर्ष (सन् २०२४) को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार समितिले ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि’ हान काङलाई यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन् । नोबेल पुरस्कार समितिले यस अघि यस वर्षको रशायनशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हासाबिस र जोन एम जम्परलाई दिने निर्णय गरेको छ ।
त्यस्तै यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकद्धय जोन जे हपफिल्ड र जफ्री इ हिन्टनलाई, चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र ग्यारी रुबकुनलाई प्रदान गर्ने निर्णय निर्णय गरिसकेको छ ।
