मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कविता

चङ्गा बनेर उड्ने सपना नदेख प्रिय

चङ्गा बनेर उड्ने सपना नदेख प्रिय

हक मागेर होइन खोसेर लिनुपर्छ है !

बिहीबार , असोज २४ २०८१
बिहीबार , असोज २४ २०८१
  • तिमी 
    कसैको हातबाट नियन्त्रित डोरले बाँधिएको 
    चङ्गा बनेर उड्ने सपना 
    नदेख प्रिय,
    किनकि तिमी पखेटा बिनाको चङ्गा होइनौं 

    डोरले बाँधिएको चङ्गा त केवल
    आकाशको एउटा निश्चित ठाँउमा
    त्यति मात्रै उडान भर्न सक्छ
    जति चङ्गाको लट्टाईबाट डोरलाई छोड्ने गरिन्छ 

    नबिर्स 
    कि तिम्रा पखेटा छ्न 
    तर भुत्ते बनाईएका छ्न 
    र तिमिलाई नियन्त्रण गर्न डोरले बाँधिएको छ । 

    तिमि आफ्नै पखेटाको बलमा 
    उडान भर्ने आँट त गर
    उड्नलाई आकाशको हिस्सा नै मागेउ भनेपनि 
    आधा आकाशमा तिम्रो हक लाग्छ,

    त्यसैले त प्रिय 
    तिमि आफ्नै पखेटा बलिया बनाउँ 
    चुडालिदेउ चङ्गा सरि नियन्त्रण गर्ने त्यो डोरी
    र उडान भर निल गगनसम्म,
    अनि हेर आकाशको उचाईबाट भुइँतिर
    तिम्रो हिस्साको आधा धर्ती पनि तिम्रो रहेनछ,

    अब प्रश्न गर आफैं सँग
    आफ्नो हिस्साको आधा धर्ती 
    र आधा आकाशको हकवाला 
    अरु नै कोई कसरी ? 
     
    प्रिय !
    फेरि हकमाराहरुसँग 
    हक मागेर होइन खोसेर लिनुपर्छ है !

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार