काठमाडौं । यस वर्ष (सन २०२४) को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकहरुले प्राप्त गरेका छन् ।
नोबेल पुरस्कार समितिले अमेरकी वैज्ञानिकहरु डारोन एसिमोग्लु, सिमोन जोन्सन र जेम्स ए रोबिन्सनलाई प्रदान गर्ने निर्णय गरेको हो ।
‘संस्थाहरुको निर्माण र त्यसले समृद्धिलाई पार्ने प्रभावबारे गरिएको अध्ययन’ का लागि उनीहरुलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता तीनै जना संयुक्त राज्य अमेरिकामा काम गर्छन् । डारोन र सिमोन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत छन् भने रोबिन्स शिकागो विश्वविद्यालयमा आफ्नो अनुसन्धान सञ्चालन गर्छन्।
