मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रेमिट्यान्स 

२ महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स 

२ महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स 

भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । 

    भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । 

    चाडबाडका समयमा विदेशमा रहेका नेपालीहरुले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढेको छ । 

    अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलर रेमिट्यान्स १ अर्ब ७३ करोड थियो । यस महिनासम्म ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । 

    ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत केही वृद्धि देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार