मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ पुर्जी

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी 

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी 

७७ वर्षीया हसिना भारतको राजधानी नयाँ दिल्ली नजिकैको सैन्य एयरबेसमा अन्तिम पटक देखा परेकी थिइन् । 

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री हसिनासहित उनको पार्टी आवामी लिगका पूर्व महासचिव ओबैदुर कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । गत जुलाई र अगस्टमा बंगलादेशमा विद्यार्थीहरुले गरेको आन्दोलनलाई दबाउन हसिनाले बल प्रयोग गरेपछि सयौं विद्यर्थीहरुले मारिएका थिए । 

    विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि तत्कालीन प्रधानमन्त्री हसिनाले देश छाडेर भारतमा शरण लिएकी थिइन् । हसिनाको १५ वर्षे शासन कालमा व्यापक रुपमा मानव अधिकार उल्लंघन, राजनीतिक विरोधीहरुलाई सामूहिक रुपमा हिरासतमा राख्ने, गैर न्यायिक हत्याहरु गर्ने जस्ता काम भएको लगायतका आरोप हसिना प्रशासनलाई लागेको छ । 

    न्यायाधिकरणले न्यायिक प्रक्रियाको औपचारिक सुरुवातपछि बिहीबार पक्राउ पुर्जी जारी गर्दै हसिनालाई नोभेम्बर १८ सम्ममा हाजिर गर्नुपर्ने आदेश दिएको जनाइएको छ । 

    आईसीटी अभियोजक बीएम सुल्तान महमुदले न्यायाधिकरणमा दुईवटा निवेदन पेस गरिएको बताए । उनका अनुसार पहिलो हसिनाका लागि पक्राउ पूर्जी र दोस्रो अन्य ४५ जनालाई पक्राउ पुर्जी जारी जारी गरिएको हो । 

    पूर्वप्रधानमन्त्री हसिना बंगलादेशबाट भारत भागेपछि सार्वजनिक रुपमा देखिएकी छैनन् ।  ७७ वर्षीया हसिना भारतको राजधानी नयाँ दिल्ली नजिकैको सैन्य एयरबेसमा अन्तिम पटक देखा परेकी थिइन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार