पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार विनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई अर्थ मन्त्रालय र दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री अधिकारीबाट जिम्मेवारी तोकिएको पत्र शनिबार प्रदेश प्रमुखको निवासमा पुगेको छ । दुवै सांसदले गत चैत्र २५ गते अधिकारी नेतृ्त्वको सरकार गठन हुँदा सोही दिन विनाविभागीय मन्त्रीको शपथ लिएका थिए ।
कार्य विभाजको पत्र शनिबार बिहानै प्रदेश प्रमुखको कार्यालयमा आएको र आज शनिबार भएकाले त्यो प्रमाणीकरण हुन केही समय लाग्ने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
चुमान नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलका नेता हुन् भने मनाङे स्वतन्त्त सांसद हुन् ।
