काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट ठगेन्द्रप्रकाश पुरी अध्यक्षमा चयन भएका छन् ।
पुरीको नेतृत्वको १ सय ४१ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ। दुई दिन चलेको प्रदेश अधिवेशनले पुरीलाई अध्यक्ष चयन गर्नुको साथै सचिवमा कालिकोटका धीरबहादुर बिष्टलाई निर्वाचित गरेको छ।
पार्टीका केन्द्रीय सदस्य वशन्तकुमार विश्वकर्माकाअनुसार सहमतिकै आधारमा नेतृत्व चयन गर्ने क्रममा अधिवेशन एकदिन लम्बिएको थियो।
त्यस्तै उपसचिव (महिला) मा धन कुमारी जिसी (शाही) र सदस्यहरू हाल सर्वसम्मत भएका छन् । प्रदेश कमिटीको उपाध्यक्ष २ जना र उपसचिव २ जना मनोनित हुन बाँकी रहेको बताइएको छ ।
