काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा ४५ मत प्राप्त गरी ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् भने उनको प्रतिस्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरे । यस अघि सर्वसम्मतीमै एसबानको अध्यक्ष चयन हुने भनिएपनि ढकाल र तिमिल्सिनाबीच सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो ।
यस्तै, एसबानको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जेनिलका कँडेल, विशाल कुमार अग्रवाल, प्रियन्सु अग्रवाल र जयन्तु श्रीवास्तव निर्वाचित भएका छन् ।
