मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो

सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ११ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ३५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । 

सोमबार एक लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार भने एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्य प्रतितोला आज ४५ रुपैयाँ घटेको छ । 

मंगलबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार