काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडा स्वरुप ५ करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।
यस अघि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले स्काउटसँग भाडाको विषयमा जवाफ मागेको थियो ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्काउटलाई मन्त्री खड्काको कम्पनीले तिर्न बाँकी रकमको विवरण पठाउन निर्देशन दिएको थियो ।
उक्त निर्देशनअनुसार स्काउटले बिहीबार राज्यव्यवस्थालाई पत्र पठाएको थियो । जसमा खड्का ल्यान्डको बक्यौता ५ करोड १९ लाख २७ हजार ८ सय ५१ रुपैयाँ बक्यौता रहेको उल्लेख छ ।
