एजेन्सी । दक्षिण कोरियाको मुआन सहरको एउटा विमानस्थलमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त विमानमा आगो लाग्दा कम्तीमा ८५ जनाको मृत्यु भएको देशको राष्ट्रिय दमकल एजेन्सीले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान ९.०३ बजे (००:०३ GMT) जेजु एयरको उडान, थाइल्याण्डको राजधानी बैंककबाट १७५ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर देशको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा दुर्घटना भएको हो।
नेशनल फायर एजेन्सीका अनुसार मृतक ८७ जनामधे ४६ जना महिला र ३९ जना पुरुष रहेका छन् ।
फायर एजेन्सीका अधिकारीहरूलाई उद्धृत गर्दै, दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले बाँचेकाहरूका लागि आशाहरू घट्दै गएको जनाएको छ ।
विमानमा लागेको आगो निभाइएको छ, भने उद्दार कार्य जारी रहेको छ ।
