मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

मंगलबार, पुस १६ २०८१
मंगलबार, पुस १६ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

    इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो ।

    नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ । डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको निगमले जनाएको छ ।

    नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार