मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्ति, जसले हल्लीयो सत्ता गठबन्धनको पिल्लर

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्ति, जसले हल्लीयो सत्ता गठबन्धनको पिल्लर

.... त्यो पिलर हल्लियो भनेपछि दुई दलबीचको सहमति पनि हल्लीएको छ । गठबन्धनको पिल्लर पनि हल्लीएको छ ।

शनिबार, पुस २७ २०८१
शनिबार, पुस २७ २०८१
  • काठमाडौं । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धनमा भुइचालो ल्याइदिएको छ । 

    प्रधानमन्त्री ओलीले यही बुधवार पार्टीको केन्द्रीय समितिको बैठकको समापन गर्ने क्रममा संविधानमा त्रुटी रहेको तर २०८७ मा संशोधन हुने भन्ने आशयको अभिव्यक्ति दिएपछि हालको सत्ता गठबन्धनमा हलचल प्रैदा भएको हो । 

    प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) सहित अन्य दलहरु मिलेर वर्तमान सरकारको गठन भएको हो । एमाले र कांग्रेसबीच सरकार गठनका लागि भएको ७ बुँदे सहमति पत्रमा नै संविधान संशोधनको विषय मुख्य एजेण्डाको रुपमा रहेको थियो । दुई दलबीच भएको ७ बुँदे सहमतिपत्रको महत्पूर्ण बुँदा संविधान संशोधन नै प्रधानमन्त्री ओलीले २०८७ तिर हुने भनेपछि सरकारलाई समर्थन गरिरहेको दल नेपाली कांग्रेसमा सहित राष्ट्रिय राजनीतिमा अहिले चर्चाको विषय बनेको छ । 

    यस्तो थियो एमाले केन्द्रीय समिति बैठकको समापनमा ओलीले दिएको अभिव्यक्ति, “हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौँ । तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन ।  संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।” 

    एमाले, कांग्रेसबीच सरकार गठन भएपछि आफूले २ वर्षे कार्यकाल चलाउने र त्यसपछि आफूले राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिँदै आएका प्रधानमन्त्री ओलीले एक्कासी ७ बुँदे सहमतिको महत्पूर्ण बुँदा नै ०८७ तिर संशोधन हुने भनेपछि वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले प्रधानन्त्री ओलीको अभिव्यक्तिले सत्ता गठबन्धनको पिल्लर हल्लिएको बताएका छन् । आज नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा पनि राजनीतिक स्थिरता हुन नसकेको बताए । 

    उनले भने, “संविधान संशोधनको कुरा थियो । केही दिन अगाडी प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ । तर, ७ बुँदे सहमतिको महत्वपूर्ण बुँदा २०८७ तिर संशोधन हुने भन्ने कुराले अहिले पिल्लर हल्लिएको छ । त्यो पिलर हल्लियो भनेपछि दुई दलबीचको सहमति पनि हल्लीएको छ । गठबन्धनको पिल्लर पनि हल्लीएको छ ।”

    नेपाली कांग्रेसका नेता साउदले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले गठबन्धनको पिल्लर हल्लीएको बताए पनि कांग्रेसका महामन्त्री गगन कुमार थापाले भने वर्तमान सत्ता गठबन्धन तीन वर्षसम्मै जाने दाबी गरेका छन् । 

    यता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो यो अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने अभिव्यक्ति दिएका थिए । उनले भने, “यो गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपादर्शी छ भनेर मैले गम्भीर रुपले भनिसकेको छु।अप्राकृतिक भएकाले अब यो चल्दैन।”

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावै नगरी बस्न खोजेको आरोप लगाए । अध्यक्ष नेपालले केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको बताइएको छ । प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो । 

    यसरी पछिल्लो दिनमा प्रधानमन्त्री ओलीको संविधान संशोधन सम्बन्धीको अभिव्यक्ति र प्रतिपक्षी दलका नेताहरुले कांग्रेसका शिर्ष नेतृत्वहरुसँग गरिरहेको भेटवार्ता र छलफलले वर्तमान सत्ता गठबन्धन परिवर्तन त हुन लगेको हैन विषयको चर्चा सुरु भएको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार