मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

भारतीय समकक्षी मोदीसँगको भेट आत्मीय र सौहार्दपूर्ण  : प्रधानमन्त्री ओली 

भारतीय समकक्षी मोदीसँगको भेट आत्मीय र सौहार्दपूर्ण  : प्रधानमन्त्री ओली 

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा शुक्रबार भएको भेटवार्ता अत्यन्त सार्थक रहेको उनले बताए

शुक्रबार, चैत २१ २०८१
शुक्रबार, चैत २१ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट आत्मीय र सौहार्दपूर्ण भएको बताएका छन् । 

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा शुक्रबार भएको भेटवार्ता अत्यन्त सार्थक रहेको उनले बताए । 

    “मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ,” भेटपछि प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा उल्लेख गरेका छन् । 


    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार