मान्छेले चर्चा गरिरहेका छन जेन जी प्रदर्शनले नेपालमा ठुलै परिवर्तन ल्यायो कायापलट भयो दुईदिन अथवा करिब २२/२४ घण्टामा सत्ता पल्टियो अहिलेसम्मका सबै राजनीतिक उपलब्धिहरुलाई खराब सावित गर्यो ।अहिलेसम्म सत्तामा रहेका सबै पार्टीहरु खराब थिए। त्यति मात्र हैन नेपालमा चलेका सबैखालका आन्दोल, बिद्रोह, क्रान्ति खराब थिए, यिनिहरुभन्दा खराब जनयुद्ध थियो । जेन जी प्रदर्शन महान हो । मिथ्या भ्रम फैलिरहेको छ, आफुलाई राजनीतिक खेलाडी ठान्ने हरु,क्रान्तिका नायक ठान्ने हरुनै भनिरहेका छन् यो क्रान्ति हो, विद्रोह हो, नसोचेको परिवर्तन भयो । के यो राजनीति चेतनाबाट क्रान्तिकारी, मालेमाको चेतनाबाट उब्जिएको विचार दृष्टिकोण हो ? राजनीति गर्ने चेतना र परिवर्तनको चेतनाले यस्ता खालका अभिव्यक्ति स्विकार गर्छ ? इतिहासले निर्माण गरेका उपलब्धिहरु सबै खराब हुन्छन् त्यसका सकारात्मक, नकारात्मक पक्षको फरक हुदैन, लाग्दैन राजनीति चेतना ,विद्रोही भाव, क्रान्तिकारी सोच चिन्तन र समाज रुपान्तरण को चेतनाले यो स्विकार्छ, यो विद्रोह,क्रान्ति केही हैन यो सामाजिक संजाल बन्दको निर्णयले निम्ताएको अस्वस्थ प्रदर्शन हो। अलि कठोर भएर भन्दा योत केवल अराजनीतिक ,अव्यवस्थित, विचार विहिन, खण्डित, परिचालित, लागुओैषध जस्ता दुर्व्यसन (लुसीफर) चेतनाले र राजनीतिक पार्टी बाट प्रताडित बनेका हरुले उब्जाएको परिस्थिति हो। यसमा इमानदार युवा विधार्थीलाई दुरुपयोग गरियो । आन्दोलन, क्रान्ति, विद्रोह जस्ता शब्दको गरिमामा आँच आउने गरी जसरी क्रान्ति भयो भन्ने भाष्य प्रयोग गरि क्रान्तिको दुरुपयोग गरिरहदा कम्युनिस्टहरुका लागि क्रान्तिकारीहरुको लागि अपच्य हुने नै भयो ।
लुसीफर चेतनालेमात्र यस्ता खालका अभिव्यक्ति गर्छ र पचाउन सक्छ, यो चेतनालाई धेरै बिषयबस्तु सँग मतलब हुँदैन कसले कसरी गाइड गरेको छ, कहाँसम्म पुग्ने निर्देशन गरेको छ, त्यहाँ सम्म पुगेरै छाड्छ आफ्नो ज्यानको ख्याल हुदैन । समाज परिवर्तन गर्ने धेरै टाढाको कुरा हो। मिसन वारेन्टेट हुन्छ, कार्य सफलता पछि कुन बाटो फर्किने समेत उसलाई थाहा हुदैन बिचबाटोमै अलपत्र पर्छ । आज यसैलाई प्रचण्ड पक्षधर केहीले सत्तामा आएको उलटपुलट देख्छन, विप्लव पक्षधर केहीले क्रान्ति देख्छन् र धर्मेन्द्र धर्वेन्द्र बास्तोला पक्षधर केहीले साँस्कृतिक क्रान्ति देख्छन् । यो क्रान्तिबाट बिचलित र तर्सित आँखाले देख्ने कुरा हो। यो क्रान्तिकारी इमानदार शक्तिहरुका लागि स्विकार्य हुँदैन । यदि जेनजी विद्रोह हो भने ६२/६३ को जनआन्दोलन केहो ? ६६ को ६ दिने आमहडताल के हो ? ६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र स्थापना गर्यो यसको उपलब्धि केहो एनजीओ, आईएनजीओ को सरकार निर्माण ? यसले धेरै केही गरेकै छैन् । यसले एकातिर चोरचोर भन्दै हल्ला फिजाएर अर्कोतिर आफू निकट समुहलाई चोर्न पठाउने तरिका अपनाएको हो।
यसो भन्दै गर्दा चलिरहेको संसदीय व्यवस्था र वलि नेतृत्वको सरकारका केही खराबी थिएनन्, यो पक्कै होईन यो व्यवस्था र सरकार का अगन्य खराबी छन । हामीले विगत दशवर्षे जनयुद्ध देखि नै संसदीय व्यवस्था खराब छ भन्दै आयौ र संसदीय व्यवस्था ढाल्ने महान अभियानमा १७ हजारको बलिदान भयो । परन्तु तत्कालीन नेतृत्वको (धोकादडि र) असक्षमताका कारण यही संसदीय व्यवस्थालाई रंगरोगन गरि संघीय लोकतान्त्रिक गणतन्त्र नामको व्यवस्था नाम राख्ने भन्दा खास उपलब्धि भएन अहिले यही व्यवस्था पनि संकटमा छ। यो व्यवस्था ले जनताका समस्या हरु समाधान गर्न नसकेकै कारण राजावादी लगायतका प्रतिगामी शक्तिहरू टाउको उठाउन खोजीरहेका छन् । सानातिना विद्रोहका प्रयास भइरहेकाछन् भदौ २३ को जेन जी प्रदर्शन एक उदाहरण हो। यस्ता खालका विद्रोहले दलाल संसदीय व्यवस्थाको अन्त्य चाहदैँनन्, राष्ट्रिय संकटको हल दिइदैनन् थप संकट सृजना गर्छन् । देशलाई अस्तव्यस्त पार्छन्, आज नारा दिइरहेका छन भ्रष्टाचारको अन्त्य गरौ ! के भ्रष्टाचारको अन्त्य यही व्यवस्था बाट नयाँ पात्र गएरहुने कुरा हो ? यहाँ के दाबा गर्न सकिन्छ भने भ्रष्टाचारको मुल स्रोत भनेकै दलाल संसदीय व्यवस्था हो, दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचार कायमै रहन्छ यसमा कोहिकसैले संका गरिराख्नु पर्दैन । जेन जी प्रदर्शनले विद्रोहको रुप दिन सकेन कुनैपनि विद्रोह विचार सिद्धान्त सँग सम्बन्ध राख्छ । विचार सिद्धान्त सँग कुनै नाता नराख्ने प्रदर्शनलाई विद्रोहको उपाधि दिनु इतिहासका परिवर्तनलाई अपमान गर्नु हो। प्रदर्शनले उठान र बैठान को पुष्टि गर्न सकेन यो प्रदर्शन स्वचालित र विचारबाट निर्देशित हुन्थ्यो, भने सामान्य भएपनि देश प्रति माया राख्थ्यो २४ गते विध्वंसात्मक क्रियाकलाप कम हुन्थे । बीभत्स मानव हत्या देख्नु पर्दैन थ्यो, भन्ने बुझाई सबैतिर छ। षड्यन्त्र मुलुक प्रदर्शनको भुमरीमा परि मृत्युवर्ण गर्ने युवाहरूप्रति सहानुभूति सहित श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना, घरपरिवारमा समवेदना !
को हो ‘जेन–जी’ पुस्ता
जेनजी पुस्ता खासगरी १९९७–२०१२ बीचको १३–२८ बर्ष, प्रविधि, स्मार्टफोन, सोशल मिडिया र डिजिटल संसार सँग खेल्न सक्ने पछिल्लो पुस्ता भनेर अमेरिकी अनुसन्धानकर्ताले विकास गरेको एक उमेर समुह हो।
यसलाई हामीले तिखो दिमाग भएको सृजनशिल पुस्ता पनि भन्न मिल्छ यहाँ विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसँघका अनुसार १८ बर्ष मुनिकालाई बालिकालाई भनिनेहुँदा यसभित्र केही काचो र अपरिपक्व उमेरसमुह पनि पर्छ नेपालको सामाजिक संरचना, शैक्षिक विकासको स्थिति हेर्ने हो भने १८–२८ वर्ष बीचको उमेर समुहपनि सहरीयाक्षेत्र बाहेक सबै क्षेत्रमा त्यति भरपर्दो भन्न मिल्दैन यस समुहले धेरै राम्रा र नराम्रा । कार्यको हिसाबकिताब राख्दैन त्यसैले जेन जी समुहलाई पछिल्लो समय बंगलादेश भनौ, पाकिस्तान भनौ, भारतर, नेपाल लगाएतका देशहरूमा भ्रष्टाचार अन्त्य गर्ने नाममा दुरुपयोग गरिएको छ।
खासगरी मानव समाजलाई सुरुवातीमा कसरी पुस्तामा विभाजन गरिएको पाईन्छ भन्दा १९२०-१९३० काे दशकमा पीढी सिद्धान्त “Generation Theory” का संस्थापक मानिने जर्मन समाजशास्त्री Karl Mannheim (कार्ल म्यानहेम) ले आठ वटा पीढीमा विभाजन गरेको पाइन्छन् यसलाई William Strauss र Neil Howe ले आधुनिक पुस्ताकाे रुपमा विकास गर्न खाेजि जेन जी पीढीलाई प्रविधिकसँग खेल्न सक्ने पीढी भनिएको हाे।यसपीढीलाई अमेरिकाले बढी प्राथमिकता र प्रयोग गरिरहेको छ।
नेपालको हकमा पुराना भ्रष्टचारीलाई लखेटेर नयाँ तरिकाले भ्रष्टाचार गर्ने पात्रहरुको सरकार निर्माण गर्नेतिर प्रयोग भयो ।
भदौ २३ र २४ को जेन जी प्रदर्शनमा केही स्वार्थ समुहले बालबालिकाको दुरुपयोग गरे तत्कालीन वलि नेतृत्वको सरकारले प्रदर्शनको मर्म बुझ्न नसकी सामान्यकरण गरि दमन गर्दा २३ भदौ १९ जना र त्यासपछि ५७ जना गरि ७६ जनाको ज्यान जानुको साथै करिब ३र४ सय मान्छे घाइते भए । यसैको परिणामस्वरूप देशका मुख्य अंग संघीय संसद, सर्वोच्च अदालत, सिंहदरबार, पुरातत्त्व विभाग जस्ता महत्त्वपूर्ण क्षेत्र र देशभरिका सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिलाई जेन जी समुहको नाममा परिचालित मान्छेहरुको समुहले ध्वस्त पारे अराजनीतिक ढंगबाट प्रदर्शनको उठान गरि देश पुरै जलाइसकेपछि विध्वंसकै बीचबाट (भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन) जस्ता थप चर्का राजनीतिक नारा छिराएर राजनीति आवरण दिन खोजेको कुरा सत्य हो।
हेर्दा परिवर्तन जस्तो देखिएपनि सरकारमा नेतृत्व गरिरहेका उही प्रवृत्ति का फरक पात्र उभिने बाहेक केही भएन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई तुलना गर्दा कमबढी मात्र हो । यही व्यवस्था को प्रधानन्यायाधीश भएर साधु छिन भन्नेकुरा बिरालोले दूध खाँदैन भने जस्तै हो।
अहिले जेन जी प्रदर्शनको बलमा गठन भएको सरकारले संघीय संसद विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गरे पश्चात् दैनिकजसो नयाँ पार्टी गठन गर्ने होटबाजि चलिरहेको छ। अचम्मको कुरा त के भयो भने जेनजी समूह भन्नेहरुनै करिब दुईदर्जन बढी समुहमा विभाजन भई पार्टी खोलिरहेका छन् । राजनीति खराब हो। सबै खराबको जिम्मा राष्ट्रिय समस्याहरको जिम्मा राजनीतिक पार्टीले लिनुपर्छ भन्दै कुर्लिनेहरुले कसरी राजनीतिबाट समस्याको निकास हुन्छ भन्ने बुझे ? यही अचम्म भयो । अमेरिकी साम्राज्यवादले विश्वका कुनै मुलुकमा शान्ति, समृद्धि भएको देख्न चाहदैनन्, उसले आफ्नो राष्ट्रका हरेक खोज अनुसन्धान, उत्पादनलाई व्यापारसँग जोड्न चाहन्छ । अन्य मुलुकमा अशान्ति मच्चाएर शान्ति र सुरक्षाको नाममा हतियारको व्यापार गर्नु उसको मुख्य काम हो।
यहाँ हामीले बुझ्ने कुरा प्रविधिको विकास सँगै मानव समाजलाई विभिन्न पुस्तामा बिभाजन गरिएको पाईन्छ । मुख्यगरी चार पुस्ताको चर्चा बढी छ, जेन अल्फा, जेन जेड, जेन वाई र जेन याक्स यसैमा पनि बढी जेन जेड पुस्तालाई प्रविधि सँग खेल्न सक्ने मानिन्छ । प्रविधिको विकास सँग समाजलाई जोड्नेकुरा सकारात्मक भएपनि अमेरिकी साम्राज्यवादले जेन जेड पुस्तालाई उचालेर धेरै देशहरूमा अशान्ति मच्चाएर व्यापार बढाईरहेको कुरा भुल्नु हुन्न। जेनजी हरुलेपनि अरु पीढी भन्दा आफुलाई धेरै टाढाको पीढी हो भन्ने कुरापनि भ्रम हुन्छ। सबै पीढीको उत्तिकै महत्त्व छ। सबैका सिमा सच्चाएर अगाडि बढ्न सकिन्छ, राम्राकामबाट शिक्षा लिन सकिन्छ । साम्राज्यवादको रणनीति भनेको आफ्नो राष्ट्रमा माल उत्पादन गरेर बाह्य जनशक्तिसँग व्यापार गर्नु हो ।
के हुन जेन जेडका राजनैतिक मागहरु
- सामाजिक संजाल बन्द गर्न नहुने
- भ्रष्टाचारको अन्त्य
- प्रत्यक्ष कार्यकारी राष्ट्रपति
पहिलो : विश्व भरि प्रविधि को विकास सँगै सामाजिक संजाल मार्फत नेपाली जनताले पनि मनोरञ्जन मात्र नभई थुप्रै आय–आर्जनका कामहरु गरिरहेको बेला सरकारले आफ्ना खराब क्रियाकलापका विरुद्ध बोल्न नदिने, रोक लगाउने उदेश्यले गरिएको Facebook, Instagram, YouTube, TikTok Messenger, WhatsApp, Viber लगाएतका दर्जनौं सामाजिक संजाल विकल्प बिना बन्द गर्नुले यो परिणाम आयो । दर्जनौं सामाजिक संजाल बन्द हुनले चौतर्फी आक्रोस पैदा भै जेन जेड आन्दोलनलाई थप बल पुग्यो ।
दोस्रो : भ्रष्टाचारले जनता आक्रान्त बनेको लामो समय भयो गणतन्त्रको प्राप्ति सँगै भ्रष्टाचारको अन्त्य लगाएत शान्ति, सुशासन जस्ता जनतासँग जोडिएका विषय जनताको पक्षमा हुनुपर्थ्यो । तर, राम्रोसँग अनुभुती गर्न नपाउँदै गणतान्त्रिक व्यवस्था मै भ्रष्टाचारले सतही रुपमा भ्रष्टाचार गरेको र राजनीति पार्टीको संरक्षणमा भ्रष्टाचारी को रक्षा गरिएको नाङ्गै देख्न पाए गिरिबन्धु, भिजिट भिसा, बालुवाटार जग्गा प्रकरण लगाएत दर्जनौं भ्रष्टाचारका कारण विदेशी शक्तिको जुठोपिठो खाइरहेका नेपाली मुकुण्डोधारीले वास्तविक नेपाली जनताको मनमा खेल्न सफल भए र जनताको कभरमा एक दिनमै देश खरानी पारे यो हुनुमा मुख्य दोष दलाल संसदीय व्यवस्था र व्यवस्था को प्रतिनिधित्व गर्दै सरकारको नेतृत्व गरिरहेकाहरुले लिनुपर्छ भ्रष्टाचार जेन जी प्रदर्शनको एक कारण बन्यो ।
तेस्रो : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा भन्दा बित्तिकै नेपाल को हकमा कम्युनिस्टको नारा हो भन्ने कुरा सर्वत्र बुझिन्छ । अधिकांश जनताको चाहना पनि प्रत्यक्ष राष्ट्रपतिको चाहना थियो। तर विश्वका केहि शक्ति राष्ट्रहरुको उदाहरण हेर्ने हो भने प्राय कम्युनिस्टको शासन व्यवस्था नभएको मुलुकमा पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली छ। जस्तै अमेरिका एक उदाहरण मान्न सकिन्छ। कुनैपनि शासन प्रणाली सँग वर्गीय कुरा मुख्य हुन्छ । निम्न वर्गीय समस्या समाधानको लागि सत्ता र सरकारको पहँचमा निम्न वर्गको प्रतिनिधित्व हुनुपर्छ । सरकार निर्माणको लागि गरिने जुनसुकै निर्वाचन प्रणालीको प्रक्रिया निम्न वर्गको पक्षमा छकिछैन ख्याल गर्नु पर्छ । संसदीय व्यवस्था को घेराभित्र गरिने जुनसुकै निर्वाचन जनताको पक्षमा हुदैन दलाल, भ्रष्ट, अकुत सम्पत्ति थुपारेकाहरुको पक्षमा हुन्छ । तत्कालीन अवस्थामा गरिने प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन पनि जनताको पक्षमा नभइ भ्रष्ट हरुको पोल्टोमा हुनेछ । यसैले जनता विरोधी निर्वाचन प्रणालीका विषयमा सोच्नुपर्छ यो छलफलको विषय हो। यहाँ आज विदेशी हरुले व्याख्या गरिएको उमेरसमुहलाई कसले हाल्यो राजनीति नारा या कार्यकारी राष्ट्रपति जस्तो महत्त्वपूर्ण नारा बारबारा फाउन्डेसन,समता फाउन्डेसन जस्ता पश्चिमा हरुले नेतृत्व गरेको जेन जी प्रदर्शनको बेला थप चर्को गरि कसरी राजनीतिक नारा बन्यो यहीँनेर सचेत बन्नुपर्छ । यी नाराहरु शान्ति सुशासन देश विकासको लागि लगाइएका होइनन् अराजनीतिक अव्यवस्थित प्रदर्शनलाई राजनीतिक करण गर्न लगाइएका कलोकल्पित नारा हुन। यो आरोप हैन प्रदर्शनको नाममा गरिएको विध्वंसले बताइसकेको छ। अहिले थप राजनीतिकरण किन गर्न खोजिदैछ भने विशेषगरी पश्चिमा हरुले यही समयमा आफुअनुकुलको पात्र ल्याउन सकिन्छ भन्नेमा विश्वस्त छ। यसैले जनयुद्ध पछि शान्ति प्रक्रियामा संविधानसभा निर्वाचन वरिपरि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन गराएको भए न्युनतम जनताको पक्षमा उभिने पात्र आउथे जनयुद्धको स्वामित्व हुन्थ्यो । कम्युनिस्टको लिगेसि रहन्थ्यो त्यसैले प्रतिक्रियावादीहरुले सुन्नै चाहेनन् तिनी मान्छेहरू बीस बर्षपछि प्रत्येक्ष कार्यकारी राष्ट्रपति खोजिरहेका छन । यो के राष्ट्र, राष्ट्रियता बचाउन हो ? होइन नेपाल लाई विदेशीको क्रीर्डास्थल बनाउन हो। अहिलेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई हेरे पुग्छ । जेन जी प्रदर्शनको कार्यकारी राष्ट्रपतिको नारा यस्तै यस्तै हो।
निष्कर्ष : यतिबेला देश र जनता राजनीतिक, आर्थिक, साँस्कृतिक हिसाबले संकटमा रहेको कुरा साँचो हो। कम्युनिस्ट, क्रान्तिकारी हरुको विचार, व्यवहारको संकट त झनै उत्कर्षमा छ। यही संकटलाई देखाएर पश्चिमा हरुले विभिन्न प्रोजेक्ट निर्माण गरि जनताको समस्यामा खेलिरहेका छन् । स्कुल र कलेजहरुमा अमेरिकन युथ काउन्सिल, स्थानीय स्तरमा फाउन्डेसन, सरकारलाई अनुदान, टोलटोलमा क्लब यस्तो खालको सहयोगले तत्कालको संकट टार्न मद्दत भए पनि दीर्घकालीन हिसाबले देश झन संकटमा हुने कुरा निश्चित छ। भन्ने गरिन्छ चलिरहेको व्यवस्था वा दलाल संसदीय व्यवस्था ठिक हो यही व्यवस्था ठिक छ, अवस्थामा बदल्नु पर्छ भने नयाँ जोगीहरुको बिगबिगी छ। यी नयाँ अनुहारका जोगिहरु देउवा, ओली, प्रचण्ड भन्दा झन खतरा र राष्ट्र घातक छन् व्यवस्था नबदलिकन नयाँ खोज्नु भ्रम हुन्छ । दलाल संसदीय व्यवस्था अन्त्यका लागि मालेमाको बाटो पछ्याउँदै क्रान्तिकारी शक्ति निर्माण र क्रान्ति मार्फत अगाडी बढ्नु नै आजको अपरिहार्य आवश्यकता हो।
