बेलायतामा औद्योगिक क्रान्ति भएर सारा युरोपभर र अमेरिकामा फैलिएको थियो यता नेपालको राजदरबारमा भने अनेकौं षड्यन्त्र, गुटबन्दी र अस्थिरताको चक्र चलिरहेको थियो । सँधै जसो षड्यन्त्र र अस्थिरता भईरहने दरबारमा घटेको घटनाले नेपालको इतिहासको पांग्रालाई नै मोडिदियो । वि.स. १९०३ भाद्र ३१ गतेको दिन अरू दिनजस्तै सामान्य दिन भने बनेन । यो दिनमा जंगबहादुर राणाले कोतपर्व जस्तो हत्याकाण्ड मच्चाएर नेपालको शासनसत्ता हातमा लिई नेपालको प्रधानमन्त्री बने । जंगबहादुर प्रधानमन्त्री मात्रै बनेनन् उनले श्री ३ को उपाधिसमेत धारण गरि नेपालमा निरंकुश जहाँनिया राणाशासनको सुत्रपात गरे । नेपालको शासनसत्ता हातमा लिएका राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई खोपिका देउतामा सिमित गरिदिए ।
२००७ सलामा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि १०४ वर्ष जहानियाँ राणाहरूको पिजँडमा कैद रहेको नेपालको राजतन्त्र पनि स्वतन्त्र भयो । सुगाजस्तै राणाको नजरबन्दमा रहेको राजतन्त्रले स्वतन्त्रता पायो । स्वतन्त्रता पाएको राजतन्त्रले बिस्तारै आफ्नो पिजडा विर्सिन थाल्यो । जब स्वतन्त्रता पाएको राजतन्त्रले आफ्नो पिजँडा विर्सियो, त्यसले आफैलाई स्वतन्त्र बनाएको प्रजातन्त्रमाथी फणाँ फिजाउन थाल्यो । आफ्ना बुबा त्रिभुवनको निधनपछी राजा भएका महेन्द्रलाई राजतन्त्रको झण्डै एकसताब्दी लामो पिजडाको बसाई बिर्सिन एकदशक पनि लागेन । बिस्तारै उनले उनले स्वएच्छाचारी ढंगले शासन संचालन गर्न थाले । उनले २०१७ पौष १ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरि जेलमा पुर्याए भने नेपालमा निर्दलिय पञ्चायती व्यवस्था लादे । महेन्द्रले फौजीकाण्ड घटाएर कयौंलाई जेल र मृत्युदण्ड समेत दिए । राजनितीक पार्टीहरूमाथी प्रतिबन्ध लगाए । राजाले पार्टीमात्रै नभएर २००४ सालदेखी संगठित गतिविधि गर्दै आएको विद्यार्थीहरूमाथी पनि प्रतिबन्ध लगाए । राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई टिकाउनका लागि व्यवस्था विरोधीहरूलाई तहलगाउन र नियन्त्रण गर्नका लागि काला कानुनहरूको निर्माण गर्न थाले । त्यसैको एक उदाहरण थियो ‘राष्ट्रिय निर्देशन ऐन’ । यो नियम अनुसार उनी युवा विद्यार्थीहरू समेतलाई पञ्चायती व्यवस्थाको विरोध नगरी भक्तिभाव र गुणगान गाउन लगाएर आफ्नो पुच्छर बनाउन चाहन्थे राजा महेन्द्र ।
स्वतन्त्र ढंगले कुनैपनि संघ संगठन खोल्न नपाउने जे गरेपनी महाराजको मर्जी र अनुकम्पामा मात्रै गर्ने । साथै खोल्न तोकिएका संघ रसंगठनको पदमा व्यक्ती तोक्ने देखि विधिविधान निर्माण गरिदिने विधाताको रूपमा महाराज र उनको निरंकुश पञ्चायती व्यवस्थालाई मान्नुपर्ने अवस्था थियो ।
संसारका तनाशाहहरूलाई सबक सिकाउने इतिहास भएका विद्यार्थीहरूले यो सबै हेरेर बस्न सक्ने कुरै भएन । विद्यार्थीहरूले ‘राष्ट्रिय निर्देशन ऐन’ को विरोध गरे । उनिहरूले राष्ट्रिय निर्देशन ऐन खारेज गरिनुपर्ने र विद्यार्थी संगठन खोल्न पाउनुपर्ने माग राखेर संघर्षलाई अगाडी बढाए । यसैक्रममा विद्यार्थीहरूले विद्यार्थीहरूको एकता सहितको शक्तिशाली संगठनको आवश्यकता बोध गर्न थाले ।
विद्यार्थीहरूको सगठन खोल्ने मागलाई समाप्त पार्न तथाकथित ‘नेपाल विद्यार्थी संगठन' नामको पञ्चायतको कठपुतली संगठनको डमी तयार गरियो । जसलाई आफ्नो भजन गाउन लगाउने र विद्यार्थीहरूका विरूद्ध प्रयोग गर्न तयार परिएको थियो । यो सबै नजिकबाट बुझिरहेका नेपालका स्वाभिमान विद्यार्थीहरूले पञ्चहरूको उक्त कदमका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकताको बोध गरि यसका कदमका विरुद्ध संघर्ष गर्न २०१९ को वैशाखमा राजधानीका ३३ हाईस्कुलका सभापतिहरूको जुद्धोदयमा भेला भएर त्यो कठपुतली संगठनको खारेजी, गिरफ्तार गरिएका विद्यार्थीहरूको रिहाई , स्वतन्त्र संगठन खोल्न पाउनुपर्ने माग अगाडी सारे । यो त्यतिवेलाका विद्यार्थीहरूले देखाएको असाधारण र क्रान्तिकारी कदम थियो । विद्यार्थीहरूले विभिन्न मागहरू राखेर संघर्षलाई जारी राखे । उनिहरूले त्रिचन्द्र कलेजमा अन्तरकलेज सम्मेलनको आयोजना गरे । तर सरकार भने विद्यार्थीहरूमाथी चरम दमन गरिरहेको थियो । सरकारको दमन र धडपकडका बाबजुद पनि विद्यार्थीले वि.स. २०२१ वैशाख २५–२९ सम्म अन्तरकलेज सम्मेलन सम्पन्न गरे । त्यस सम्मेलनबाट उनिहरूले स्वतन्त्रत विद्यार्थी युनियनलाई सरकारले मान्यता दिनुपर्ने, गाँउको विकासमा मद्दत गर्नुपर्ने , गोरखा भर्तिकेन्द्र बन्द गरिनुपर्ने , यतायामा विद्यार्थीलाई ५० प्रतिसत छुट दिनुपर्ने लगायतका माग सरकारका अगाडि प्रस्तुत गरे ।
विद्यार्थीहरूका जायज माग सुन्नु त कता हो कता सम्मेलन सकिएकै राती पञ्चायतका बफादार सदस्य डा. तुलसी गिरीको निर्देशनमा विद्यार्थीहरूका घर र कोठामा प्रहरीलाइ छापा मार्न लगाएर विद्यार्थीहरूले सम्मेलनमा पारित गरेको निर्णय पुस्तिका जफत गरि विद्यार्थी नेताहरूलाई कायरतापुर्वक गिरफ्तार गर्यो । त्यसको भोलिपल्ट वैशाख ३० गते विद्यार्थीहरूले एक प्रतिनिधिमण्डल बनाएर सरकार समक्ष गएर आफ्ना गिरफ्तार गरिएका विद्यार्थीहरूको रिहाईको माग गरे । तत्कालीन निरंकुश महेन्द्र सरकारले विद्यार्थीका मागहरूको वास्ता गरेन । फासिवादी सत्ताले ती विद्यार्थीहरूको तागतलाई नजरअन्दाज गर्यो ।
सरकरले विद्यार्थीहरूमाथी देखाएको फासीवादी कदमबाट विद्यार्थीहरू निरास भएनन , उनिहरूले हरेस खाएनन बरु शासहका साथ प्रतिरोध गर्ने निर्णयमा पुगे । जेठ १ गते उनिहरूले घण्टाघरस्थित त्रि–चन्द्र कलेजमा एक वैठकको आयोजना गरे । विद्यार्थीहरू वैठक लगतै हजारौंको संख्यामा त्रि–चन्द्रकलेजमा भेला भए र विनाकारण गिरफ्तार गरि बन्दी बनाईएका आफ्ना विद्यार्थी साथिहरूको रिहाइको माग गर्दै विशाल मौन जुलुस अगाडि बढाए । फासिवादी पञ्चायती सरकारले विद्यार्थीहरूको मौन जुलुसमाथी निकृष्ट ढंगले दमन गर्यो । फासिस्ट सरकारले जुलुसमाथी व्यापक दमन गरि सयौंको सख्यामा विद्यार्थीहरूलाई गिरफ्तार गर्यो भने, कयौं विद्यार्थीहरूलाई घाइते बनायो । सरकारको दमनले विद्यार्थी गलेनन् । सरकारको धरपकडका अगाडी विद्यार्थीहरूले हार मानेन् । यसरी विद्यार्थीहरूलाई दमन र धरपकड गरेपछी सम्पुर्ण कलेजहरू बन्द भए । हाईस्कुलहरूमा हडताल सुरु भयो । १५ दिनसम्मा निरंकुश सरकार र विद्यार्थीहरूकाविच संघर्ष चलेपछी अनन्तः सरकार विद्यार्थीहरूका अगाडि झुक्यो र गिरफ्तार गरिएका विद्यार्थीहरूलाई रिहा गर्न बाध्य भयो ।
यसरी जेठ १ मा सुत्रपात भएको विशाल संघर्षले, विशाल सहभागिताले , यसको असाधारण सफलताले नवीन जोस , साहस र हौसलाको रक्तसञ्चार गर्यो । यसैको उपलक्षमा जेठ १ लाई विद्यार्थी दिवसका रूपमा मनाउने निर्णय गरियो । जेठ १ लाई विरता, शाहस र एकताको प्रतिकरूपमा विद्यार्थी दिवसका रूपमा आजपनि हामीले मनाउँदै आईरहेका छौँ ।
आज विद्यार्थी आन्दोलन अभूतपूर्व बलिदान विरता र विजयका गौरवगाथाका किर्तिमानको रचना गर्दै स्थापित विद्यार्थी एकता दिवस जेठ १ गते आज ६१औं वर्षमा प्रवेश गरेको छ । त्यसैले यो उपलब्धी सामन्य ढंगले प्राप्त भएको होइन ।
नेपाली विद्यार्थीहरूको एकताता र शक्तिले प्रजातन्त्रका लागि निरंकुश जहाँनियाँ राणाशासनका विरूद्धको लडाईंमा, बहुदलीय प्रजातन्त्रका लागि निर्दलिय पञ्च्यायतका विरुद्धको लडाइँमा र संघिय लोकतान्त्रिक गणतन्त्रका लागि सामन्ती राजतन्त्रका विरुद्धको लडाईमा अजयेयशक्तीका रूपमा आफुलाई स्थापित गरेको छ । जनताको मुक्तिका खातिर देशको सामन्ती शासकवर्गसंग त कहिले विदेशी हस्तक्षेपका विरुद्धमा राष्टिय स्वाधिनताका लागि यो निरन्तर जानतासँग काधमा काँध मिलाएर संघर्ष गर्दै आईरहेको छ ।
त्यसैले जेठ १ विद्यार्थी आन्दोलनका लागि निकै महत्त्वपूर्ण दिन त हुँदै हो । यो नेपालको राजनिती र अहिलेको नेपालका लागि पनि ऐतिहासिक दिन हो । जेठ १ निरतन्तरतामा ऐतिहासिक क्रमभंगता गरेको दिन हो ।
नेपालको विद्यार्थी आन्दोलन नेपालका राजनितीक पार्टीहरूको जननी पनि हो । यस अर्थमा पनि यसको ऐतिहासिक महत्व रहेको छ ।
अनेकौं आरोह अवरोह पारगर्दै अगाडी बढेको विद्यार्थी आन्दोलन आज आफ्नै अस्थित्व रक्षाको लडाइँमा उभिएजस्तो भएको छ । समग्र आन्दोलनको माउका रूपमा रहेको विद्यार्थी आन्दोलन वर्तमान समयमा अनेकौं प्रश्नहरूको कठघरामा उभिएको छ ।
विगतमा विद्यार्थी संगठनको नेतृत्वमा रहेका विद्यार्थी नेताहरूले नै आजको समयमा विद्यार्थी आन्दोल र विद्यार्थी संगठनको औचित्यमाथी प्रश्न उठाएका छन् । त्यति मात्रै होइन विद्यार्थी संगठनहरूलाई खारेज गर्ने कुरा पनि गरिरहेका छन् । स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना क्षेष्ठले त विद्यार्थी संगठनहरू खारेज गरिनुपर्ने र विश्वविद्यालयहरू विद्यार्थी संगठन मुक्त बनाउनुपर्ने धारणा सर्वजनिक मञ्चहरूमा राख्दै आएकी छिन । त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपतिले पनि विद्यार्थी संगठनहरूको आवश्यक नभएको तर्क गरेका थिए । उनको तर्क विश्वविद्यालयमा विद्यार्थी संगठन आवश्यक छैनन् भन्ने थियो ।
के विद्यार्थी संगठनको औचित्य सकिएको हो ?
विद्यार्थी शक्ति भनेको कुनैपनी देश या त्यो राज्यको भविष्य हो । विद्यार्थी संगठन भनेको विद्यार्थीहरूका हक, हित र अधिकारका लागि लड्ने शक्ति मात्रै नभएर राज्यका सबै निकायका या भनौ समग्र देशको नेतृत्व गर्ने उत्तराधिकारी जन्माउने संगठन हो । परन्तु यो त्यस्तो शक्ति हो जसले राज्यसत्ताको प्रतिपक्षी भुमिका निर्वाह गर्दछ । शक्तिको मातले मात्तिएको राज्य र शासकले आँखा देख्न छड्यो भन यसले सहि मार्गमा ल्याउने ताकत राख्दछ ।
संसारका मै हुँ भन्ने तानाशाह र शासकहरूलाई विद्यार्थी शक्तिले सबक सिकाएको ईतिहास हाम्रा सामु छ । हाम्रै देशमा राणा , राजाहरूल्को निरंकुशताका बिरुद्ध आगो ओकलेको इतिहास हाम्रा अगाडि छ । त्यसैले यो विद्यार्थी संगठनको औचित्य सकिएको नभएर ठिक बिपरित यस्तो भन्नेहरूको भनाईमा औचित्यता नभएको प्रमाण हो । त्यसैले विद्यार्थी संगठन आवश्यक नहुने भन्ने हुँदैन तर तिनको भूँमीका कस्तो हुने भन्ने चाहिँ महत्त्वपूर्ण विषय हो ।
संसारका मै हुँ भन्ने तानाशाह र शासकहरूलाई विद्यार्थी शक्तिले सबक सिकाएको ईतिहास हाम्रा सामु छ । हाम्रै देशमा राणा , राजाहरूको निरंकुशताका बिरुद्ध आगो ओकलेको इतिहास हाम्रा अगाडि छ । त्यसैले यो विद्यार्थी संगठनको औचित्य सकिएको नभएर ठिक बिपरित यस्तो भन्नेहरूको भनाईमा औचित्यता नभएको प्रमाण हो ।त्यसैले विद्यार्थी संगठन आवश्यक नहुने भन्ने हुँदैन तर तिनको भूमिका कस्तो हुने भन्ने चाहीँ महत्त्वपूर्ण विषय हो ।
विद्यार्थी संगठनमाथी प्रश्न उठ्ने कारणहरू
विशेषगरी प्रश्न क्रान्तिकारी विद्यार्थीहरूमाथी भन्दा पनि अहिलेको दलाल पुजीँवादी सत्ता र त्यसको व्यवस्था मान्ने विद्यार्थी संगठनमाथीको प्रश्न हो । दलाल संसदीय पार्टीहरूले तिनका विद्यार्थी संगठन र तिनका नेताहरूलाई हली बनाएर राखेका छन । विद्यार्थी संगठनलाई तिनका नेताहरूले कुनै निश्चित पार्टीको झोला बोक्ने भरिया बनाएर राखेका छन् । नेपालका पुँजीवादी पार्टीहरूले नेपालको शिक्षा प्रणालीलाई निजि व्यापार गर्ने र मुनाफा कमाउने साधान बनाएका छन् र उनका विद्यार्थी संगठनहरूलाई त्यसको साक्षी राखेका छन् ताकी तथाकथित विद्यार्थीहरूसंगठनहरूले आन्दोलनको नाटक मात्रै गरून् । संसदीय पार्टीहरूले एकातर्फ शिक्षामा नाङो व्यापार गरिरहेका छन् भने अर्कातर्फ तिनका विद्यार्थी संगठनहरूले त्यसको विरोध गरेजस्तो गरेर आम विद्यार्थीहरूको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।
सारमा ती विद्यार्थीसंगठनहरूलाई विद्यार्थीहरूका ऐजेण्डा र शैक्षिक रूपान्तरणका लागि नभएर पार्टीका दास बनाईएको छ । उनिहरूलाई संसदिय पार्टी र तिनका नेताहरूको सलामी, मलामी र गुलामी गर्ने बाध्यतामा पुर्याईएको छ । आफ्ना पार्टीको निर्देशन भन्दा तलमाथि जान उनिहरूका लागि संभव छैन ।
सारमा ती विद्यार्थी संगठनहरूलाई विद्यार्थीहरूका ऐजेण्डा र शैक्षिक रूपान्तरणका लागि नभएर पार्टीका दास बनाईएको छ । उनिहरूलाई संसदिय पार्टी र तिनका नेताहरूको सलामी, मलामी र गुलामी गर्ने बाध्यतामा पुर्याईएको छ । आफ्नो पार्टीको निर्देशन भन्दा तलमाथि जान उनिहरूका लागि संभव छैन । विद्यार्थी राजनिती दलाल पुँजीवादी पार्टीका मुठ्ठीभर विद्यार्थी नेताहरूले विद्यार्थीहरूका ऐजेण्डा छाडेर ठेक्कापट्टा गर्ने, घुण्डागर्दी गर्ने , कन्सल्ट्यान्सी र मेनपावर संचालन गरेर विद्यार्थी ठग्ने गर्नुका साथै शैक्षिक व्यापारलगायतका गतिविधिले नेपालका विद्यार्थी संगठन र आन्दोलनलाई बदनाम बनाएका छन् । त्यसैले विद्यार्थी संगठनमाथी प्रश्न उठेको छ भने आम विद्यार्थी र अभिभावकको भोरोसा टुटेको छ ।
समस्याका रूपमा वर्तमान राज्यसत्ता
मार्क्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा आधुनिक राज्यसत्ता भनेको पुँजीपती वर्गको साझा स्वार्थको व्यवस्थापन गर्ने समितिू मात्रै हो भनेका छन् । मार्क्स –एङ्गेल्सले त्यतिबेलै राज्यसत्ताका बारेमा गरेको व्याख्या आजको दिनमा झनै वैज्ञानिक र यथार्थपरक छ ।
मार्क्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा आधुनिक राज्यसत्ता भनेको पुँजीपती वर्गको साझा स्वार्थको व्यवस्थापन गर्ने समिती मात्रै हो भनेका छन् । मार्क्स –एङ्गेल्सले त्यतिबेलै राज्यसत्ताका बारेमा गरेको व्याख्या आजको दिनमा झनै वैज्ञानिक र यथार्थपरक छ ।
अमेरिकाको राज्य-सत्तालाई हेरियो भने त्यो व्यापारीद्वय डोनाल्ड ट्रम्प र एलनमस्कलगायतका व्यापारीहरूको व्यवस्थापन गर्ने सामान्य समिती जस्तो छ । त्यस्तै छिमेकी भारत गौतम आडानी, अम्बानी ग्रुपको व्यवस्थापन गर्ने समिती जस्तो छ । नेपाल झन यसबाट अछुतो रहने कुरै भएन । अहिलेको यो शासनसत्तापनि नेपालका धनकुबेरहरूको स्वार्थका लागि काम गरिरहेको छ । अझ अहिलेको राज्यसत्तामा त व्यापारीहरूले आफ्ना प्रतिनिधि नै पठाउँछन ।
त्यसैले शिक्षा , स्वास्थ्यलगायतका महत्वपूर्ण कुराहरू निजि व्यापारीहरूको हातमा थमाएर मुनाफाको बजारमा बिक्रीका लागि छाडिदिईएको छ । नेपालको शिक्षा र स्वास्थ्यमा चौधरी ग्रुपले व्यापार गरिरहेको छ भने अब भाटभटेनिमा अस्पताल संचालन गर्ने विषयले अहिले बजार तातिरहेको छ । देशमा विद्यमान समस्याहरू अहिलेको राज्यसत्ताका कारणले सिर्जित भएका छन् । अहिलेको राज्यसत्ता भनेको व्यापारीहरूको सेवा गर्ने साधन हो । यो व्यवस्थाले जनतालाई लुट्न छुट दिइरहेको हुन्छ र छ ।
त्यसैले नेपालको शिक्षा र स्वास्थलगायतका विद्यमान समस्याहरूको सहि समाधान गर्नका लागि यो दलाल पुँजीवादी राज्यसत्तालाई फालेर जनताको नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ ।
अन्तमाः आज निरंकुश फासिवादी सामन्ती राजतन्त्र छैन। देशमा संघिय लोकतान्त्रिक गणतन्त्र छ । सामन्ती राजतन्त्रभन्दा लोकतन्त्रीक गणतन्त्र कयौँगुणा प्रगतिशील र सुन्दर छ परंतु सत्तामा बस्ने शासकको सोचमा परिवर्तन छैन । किनभने सामन्ती राजतन्त्रको ठाउँ दलालपुँजीवादी सत्ताले लिएको छ । गुणस्तरीय शिक्षा आजपनी केही मुठ्ठीभर मानिसको मात्रै पहुचमा सिमित छ । हुँदा खाने र हुनेखानेका लागि शिक्षा फरक छ । जनताका छोराछोरी स्कुल बाहिरै बस्नुपरेको छ भने गुणस्तरीय शिक्षा त टाढाको कुरा भयो । त्यसैले विद्यार्थीहरूका ऐजेण्डा पूरा भएका छैनन् । अझै पनि संघर्ष बाकीँ छ । नवराज सुवेदी जस्तै विद्यार्थी आन्दोलनमाथी कुठारात गर्ने विद्यार्थी नेता र विद्यार्थी संगठन आजपनि छन् । त्यसैले आजको यो ऐतिहासिक एकता दिवसले त्यस्ता विद्यार्थी आन्दोलन बिरोधी व्यक्तीहरूबाट विद्यार्थी आन्दोलनलाई बचाउँदै शक्ति र सत्तासँग नझुकेर विजयमा पुर्याउने सन्देश दिएको छ । यसले एकता भनेको असाधारण र शक्तिशाली हुन्छ , जसका अगाडी जोस्तोसुकै तानाशाह पनि झुक्न बाध्य हुँदोरहेछ भन्ने पठ सिकाएको छ । त्यसैले जेठ १ ले धैर्यता, साहस र विरता प्रदर्शनग गरि आफ्नो देशको आमूल रूपान्तरका लागि हामी सम्पुर्ण विद्यार्थीहरूले एकपटक एकताबद्ध भएर निर्णायक संघर्ष गर्नुपर्ने कर्तव्यबोध गराएको छ ।
लेखक : उषाकिरण आजाद – महासचिव अखिल (क्रान्तिकारी) केन्द्रीय समिती
