मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

सरकारले आशा जगाउने बजेट ल्याउने अर्थमन्त्री वाग्लेको दाबी 

सरकारले आशा जगाउने बजेट ल्याउने अर्थमन्त्री वाग्लेको दाबी 

सोमबार, वैशाख २१ २०८३
सोमबार, वैशाख २१ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याइने दाबी गरेका छन् । 

    आज नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाए । 

    आर्थिक वृद्धि, रोजगारी सर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । मन्त्री वाग्लेले मन्त्रीपरिषद्मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिए । 

    करिब एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उनले बताए । उनले भने, “सरकारको स्रोत सिमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई विस्तार गर्छ ।”

    उनले सरकारको खर्च जीडिपीको करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ । सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरुप नीतिहरु अघि बढाउने अर्थमन्त्री वाग्लेको भनाई रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार