धनगढी । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमपर्ण गरेका छन् ।
कञ्चनपुरका कृष्णनगर नरपालिकाका स्थायी बासिन्दा ओडले बिहिवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमपर्ण गरेका हुन् । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैत्रमा उजुरी दिएकी थिइन् ।
उजुरी दर्ता भएकै दिन जिल्ला अदालतले रविविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । उनी नेपाल आए लगत्तै आफै आज इलाका प्रहरी कार्यालय झारीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए ।
उनका अनुसार ओडमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।
