काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेकी छन् ।
उनीहरु दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । महेशले सामाजिक सञ्जालमा तस्बीहरु सेयर गर्दै सहयात्राको सुरुवात गरेको उल्लेख गरेका छन् । महेश र अस्मिता पछिल्लो समयका चर्चित गायक गायिका हुन् ।
केही गीतमा समेत सहकार्य गरेका उनीहरु प्रेम सम्बन्धमा रहेको थिए । महेशले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बीर सेयर गरेसँगै संगीतकर्मीहरुले उनीहरुलाई बधाई दिइरहेका छन् ।
