काठमाडौं । नेपाली फिल्म ‘देवी’ को पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण पक्षले फिल्मका दुई मुख्य कलाकार नाजिर हुसेन र गौरव पहारीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । सञ्जोग राईले निर्देशन गरेको चलचित्रले क्राइम थ्रिलर कथामा निर्माण हुने जनाइएको छ ।
फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्म भदौ २१ गते रिलिज हुनेछ ।
