काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् ।
शनिबार गोदावारीको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै आश्माले मिस नेपालको उपाधी हात पारेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।
त्यस्तै मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुण रावलले जितेकी छन् भने मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छन् ।
