काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
उनी शनिबार राती भैसेपाटीस्थित आफ्नै डेरामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई परिवारका सदस्यहरुले तत्लाकै पाटन अस्पताल पुर्याएका थिए । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरे ।
संगीतकार चेतन सापकोटाका अनुसार उनको शव आज बिहान ८ बजे संगित तथा नाट्य प्रतिष्ठान नक्सालस्थित भगवती वहालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । तिमिल्सिनाको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने छ ।
गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाशले नेपाली संगीत क्षेत्रमा आफुलाई स्थापित गरेका थिए । उनका "प्रिय तिम्रो सिउदोमा सिन्दुर भर्न देउ......" लगायत दर्जनौं गीत लोकप्रिय छन।
