मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

तेल भिसा

‘तेल भिसा’ को नयाँ गीत ‘टुकुन को मुकुन मन पर्या’ सार्वजनिक (भिडियो) 

‘तेल भिसा’ को नयाँ गीत ‘टुकुन को मुकुन मन पर्या’ सार्वजनिक (भिडियो) 

चलचित्र मंसिर ७ गते रिलिज हुने

बिहीबार , भदौ २७ २०८१
बिहीबार , भदौ २७ २०८१
  • काठमाडौं । नेपाली चलचित्र ‘तेल भिसा’ को नयाँ गीत ‘टुकुन को मुकुन मन पर्या’ सार्वजनिक भएको छ । 

    शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लगेको ‘तेल भिसा’ को सार्वजनिक यस गीतमा गायीका शान्तिश्री परियार र शाइराज खातीको आवार रहेको छ ।

    निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी घायाल, नवीन विकको लिरिक्स रहेको ‘टुकुन को मुकुन मन पर्या’ मा कृष्ण भारद्वाजको संगीत भरेका हुन भने राजन इशानुको एरेन्ज रहेको छ । 

    गीतको भिडियोमा अभिनेताद्धय विपीन कार्की र बुद्धि तामाङ अभिनेत्रीद्धय पूजा चन्द र जाहन्वी बस्नेतले अभिनय गरेकी छन् । यस चलचित्रमा कार्की, तामाङ, चन्दका साथै वर्षा राउत,  ऋचा घिमिरे,  फ्रान्सेली शर्मन, ज्याक बेल, सुचित्रा उप्रेती लगायत कालाकारहरुको अभिनय रहेको छ । 

    अनिल पाण्डे, शिवराज कार्की निर्माता रहेको ‘तेल भिसा’ को कार्यकारी निर्माता प्रिन्स युवराज कार्की, श्रुति दाहाल रहेका छन् । चलचित्र मंसिर ७ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार