काठमाडौं । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ ।
अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार बिहान गोली लागेपछि गोविन्दालाई मुम्बइको एक अस्पतालमा भर्ना गरिएको छ ।
गोविन्दा बिहान कोलकात्ता जाँदै गर्दा यो दुर्घटना भएको थियो । उनले आफ्नो लाइसेन्सप्राप्त बन्दुक सफा गर्दै गर्दा अचानक हातबाट खसेको र फायर भएको बताइएको छ । फायर पश्चात् बन्दुकको गोली गोविन्दाको खुट्टामा लागेको थियो ।
चिकित्सकले गोली निकालेको र हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।
