मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्व वल्लभ

गीतकार विश्व वल्लभको निधन 

गीतकार विश्व वल्लभको निधन 

अरुणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ लगायतका चर्चित गीतहरु विश्व वल्लभले नै लेखेका

बुधबार, असोज २३ २०८१
बुधबार, असोज २३ २०८१
  • काठमाडौं । लोकप्रिय गीतकार विश्व भल्लभ भट्टराईको निधन भएको छ । 

    अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत थिए । मस्तिष्कघातका कारण उनको शरीरको देव्रेभाग चल्न छोडेको थियो । 

    थापाथलिस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो । केही दिन अघि उनलाई अस्पतालबाट घर लगिएपनि निमोनिया भएपछि पुनः अस्पताल लगिएको थियो । 

    तारादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ लगायतका चर्चित गीतहरु विश्व वल्लभले नै लेखेका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार