काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले हलहरुले भारतीय चलचित्रलाई शोहरु बढाएर नेपाली चलचित्रको शो घटाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
दर्शकको राम्रो साथ, माया, प्रतिक्रिया र अकुपेन्सी हुँदा हुँदै पनि हलहरुले हिन्दी चलचित्रलाई शोमा प्राथमिकता दिएको भन्दै निश्चलले आफूहले अब हलहरुको विकल्प खोज्ने चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकलमा एक स्टाटस लेख्दै आफू अब हलहरुको विकल्प खोज्न तिर लाग्ने बताएका छन् । निश्चल बस्नेत र स्वस्तिमा लगानी एवम् मुख्य भूमिकाको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हाल पर्दशनमा रहेको छ ।
हिन्दी सिनेमाहरु पनि रिलिज भएपछि नेपालमा हलहरुले ‘बेहुली फ्रम मेघौली’ सहित प्रदर्शनरत नेपाली चलचित्रको शो घटाएपछि निश्चलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतवानी दिएका हुन् । यस अघि पनि निश्चलले ‘दिमाग खराब’ प्रदर्शनको क्रममा हलहरुले ५० प्रतिशत शेयर निर्मातालाई नदिए हलहरुबाट फिल्म उतार्ने चेतावनी दिएका थिए । उनको चेतावनीपछि हलहरु सहमतिमा आउन बाध्य भएका थिए ।
हलहरुको विकल्प खोज्ने भनेको दर्शकहरु चलचित्र हेर्नको लागि हलसम्म जान नपर्ने र घर–घरमा नै चलचित्र पु¥याउने भएको निर्देशक बस्नेतको भनाई रहेको छ ।
निश्चलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो occupancy हुदापनि तपाईहरु चै त्यै हिन्दी फिल्मलाई नै Shows दिईराख्नु है, occupancy आलु हुदापनि । म चै हलको बिकल्प तिर लागें ।”
