काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भैरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको सैनिक प्रवक्ता गौरव कुमार केसीले जानकारी दिए ।
लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्र संघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।
उनले भने, “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ । संयुक्त राष्ट्र संघको निर्देश नेपाली शान्ति सेनाले पालना गर्नेछ ।”
हाल लेबनानमा ८ सय ७७ नेपाली शान्ति सैनिक छन् ।
