मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मनोरञ्जन

‘ज्वाइँ साब’ को आज सम्मको ग्रस कलेक्सन कति ? 

‘ज्वाइँ साब’ को आज सम्मको ग्रस कलेक्सन कति ? 

दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । दशैं अगाडी फूलापतीको दिनदेखि प्रदर्शनरत नेपाली फिल्म ‘ज्वाइँ साब’ दोस्रो शातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आज फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । 

    वितरकका अनुसार फिल्म रिलिज भएको दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र बाहिरको संयुक्त हो । 

    ‘ज्वाइँ साब’ लाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । यस फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे र शिवु लगायतको अभिनय रहेको छ । 

    फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन भने वसन्त निरौलाको निर्देशन रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार