मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हार्दिक श्रद्धाञ्जली

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

बिहीबार , पुस १८ २०८१
बिहीबार , पुस १८ २०८१
  • काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

    १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

    भाइरल बाल गायकका रुपमा परिचित सचिनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो, ‘ओठ खोलेर’ । तीन वर्षअघि रेकर्ड भएको यो गीत १ करोड ९० लाखभन्दा बढीले युट्युबमा हेरेका छन् । त्यसपछि उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’लगायत दर्जनभन्दा बढी गीत गाए ।

    अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरे । हास्य शृंखला ‘मेरी बास्सै’का केही भागमा अभिनय समेत गरेका थिए । उनको भोलि  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार