मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हार्दिक श्रद्धाञ्जली

नेपालीको निधनले बाजाको क्षेत्रले बाउँ बजाउने एक युगलाई गुमायो : महासचिव आजाद

नेपालीको निधनले बाजाको क्षेत्रले बाउँ बजाउने एक युगलाई गुमायो : महासचिव आजाद

एक कुशल कमाण्डरको निधनले बाजाको क्षेत्रले बाउँ बजाउने एक युगलाई गुमाएको महासचिव आजादको भनाई

शनिबार, माघ ५ २०८१
शनिबार, माघ ५ २०८१
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले कला र सिपका धरोहर डिल्ले नेपालीको निधनले बाजाको क्षेत्रलाई अपुरणिय क्षती पु¥याएको बताएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीको निधनप्रति दुःख व्यक्त गरेका महासचिव आजादले बाजा बजाउने त्यसमा पनि बाउँ बजाउने मुख्य हस्तिको निधनले बाजाको क्षेत्रलाई अपुरणिय क्षेती पुगेको बताएका हुन् । 

    एक कुशल कमाण्डरको निधनले बाजाको क्षेत्रले बाउँ बजाउने एक युगलाई गुमाएको महासचिव आजादको भनाई रहेको छ । 

    “दमाहाका पञाँना हाल्ने, नगरा हाल्ने एक कुशल कमाण्डरको निधनले बाजाको क्षेत्रले बाउँ बजाउने एक युगलाई गुमाएको छ । डिल्ले नेपालीले कर्णालीको र समग्र नेपालको कला संस्कृतिको जगर्नेमा निकै ठूलो योगदान पुर्‍याउनुभएको छ । उहाँको योगदानलाई कर्णालीले सदा सम्झिरहने छ,” महासचिव आजादले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । 

    नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै महासचिव आजादले शोकमा रहेका परिवारजनप्रती न्यानो समवेदना व्यक्त गरेका छन् । मौलीक संस्कृति, कला र सिपका धरोहरका रुपमा रहेका ६० वर्षीय नेपालीको शुक्रबार ठाँटीकाँध गाउँपालिका– १ स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार