काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गराएकी हुन् ।
काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।
उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् । गत वैशाखमा विवाह गरेकी एलिना विवाहपछि पति विष्णुसँग अष्ट्रेलियामा बस्दै आएकी थिइन् । केही समयपछि उनी नेपाल फर्किएकी थिइन ।
