गण्डकी प्रदेश स्तरिय औधोगिक , पर्यटन , कृषि तथा व्यापार मेला ७औँ स्याङ्जा महोत्सव २०८१ आयोजना हुनेभएको छ ।
स्याङ्जा महोत्सव स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ ले फाल्गुण ६ देखि १८ गते सम्म संचालन गर्ने सातौ स्याङ्जा महोत्सव लाई सबैको अपनत्व एवं सहज पहुँच हुने वनाईने भएको छ । प्रदेशस्तरिय उक्त महोत्सव अपाङ्गता मैत्री हुने अध्यक्ष महादेव श्रेष्ठले बताएका छन् ।
यसै क्रममा स्वयं अपाङ्गता भएका व्याक्ति तथा अभिभावकहरुको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भई निरन्तर कृयाशिल सामाजिक संस्था अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको विशेष अनुरोधमा अपागता भएका व्याक्तिहरुको सहजताका लागि अपाङ्गता परिचय पत्रका आधारमा निशुल्क प्रवेश, प्रवेशद्वारमा छुट्टै प्रवेशको संरचना , महोत्सव को मुख्य स्थल( स्टेज ) मा अशक्त ,अपागता भएका व्याक्तिहरुका लागि छुट्टै उपयुक्त वसाई व्यवस्थापन ,अपांगता भएका कलाकारहरुलाई प्रतिभा प्रदर्शनमा प्राथमिकता लगायतका कार्य गरिने स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले बताएका छन् ।
त्यस्तै अपागता भएका व्याक्तिहरुको सहजीकरण का लागि अपागता अधिकारकर्मी एवं अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रीय -नेपाल पुतलीबजार नगरपालिका -१ ,स्याङ्जा का अध्यक्ष युवराज पराजुली को संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरिएको ,अपागता सम्वन्धि सचेतता सामाग्री प्रर्दशनी को लागि स्टलको व्यवस्थापन सहित सामाजिक उतरदायित्व तर्फबाट यो वर्गका लागि विशेष योजना वनाउने सोच रहेको स्याङ्जा जिल्ला उधोग वाणिाज्य संघका महासचिव रविन केसीले जानकारी दिए ।
सातौ स्याङ्जा महोत्सव -२०८१ सवंको गौरवको विषय भएकोले शारीरिक समस्या एव सिमितता युक्त अपागता भएका व्याक्तिहरुको सहज सहभागीता सुनिश्चितता का लागि आफ्नो संस्थाले गरेको आग्रहलाई सहज रुपमा स्विकार्दै उपयुुक्त अनुकूलता को व्यवस्थापन गरेकोमा सवै अपागता भएका व्याक्तिहरु खुशी हुनुका साथै सचेतता अभिवृद्धि , सामाजिक ,सास्कृतिक एव मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अधिकार स्थापित गर्न मद्दत पुग्ने अपागता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र का अध्यक्ष युवराज पराजुली ले बताएका छन् ।
महोत्सव पुतलीबजार नगरपालिका वडा नं १ मालेवगर खेलमैदान मा संचालन हुदैछ।
