मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बालेन्द्र–सरोज विवाद

महानगर प्रहरीको अवरोधकाबीच कर्मचारी र वडाध्यक्षले ढोका फोडेरै कार्यालयमा छिराए प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई 

महानगर प्रहरीको अवरोधकाबीच कर्मचारी र वडाध्यक्षले ढोका फोडेरै कार्यालयमा छिराए प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई 

गुरागाईको स्वागतमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि

बिहीबार , चैत २० २०८१
बिहीबार , चैत २० २०८१
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई कार्य कक्षमा प्रवेश गरेका छन्।

    काठमाडौँ महानगरपालिकाका अवरोधका बीच महानगरका कर्मचारी र वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । 

    Screenshot (8).png
    प्रमुख प्रशासकीय अधिकृत गुराईलाई कार्यकक्षमा प्रवेश गराउन ताल्चा र ढोका फुटाउँदै कर्मचारी र वडाध्यक्षसहितको टोली 

    अधिकृत गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउने तयारी पश्चात् ढोकामा महानगर प्रहरीहरू तैनात गरिएको थियो। महानगरका अन्य कर्मचारी र वडा अध्यक्षहरुले नगर प्रहरीलाई ठेलमेठेल गर्दै ढोका फोरेर प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालयमा प्रवेश गराएका हुन् । 

    488052425_1176080904309334_6734765483158328435_n.jpg
    प्रमुख प्रशासकीय अधिकृत गुराईलाई कार्यकक्षमा प्रवेश गराउन कर्मचारी र वडाध्यक्ष मिलेर ताल्चा फोड्ने क्रममा फुटेको ढोकाको दृश्य 

    प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय प्रवेश गराउनु अघि उनको कार्यकक्षमा ताला लगाइएको थियो । उनलाई कार्यकक्षमा प्रवेश गराउन लागेका केही कर्मचारी र वडाध्यक्षहरुले उक्त कार्यालयमा लगाइएको ताल्चा फोड्ने क्रममा ढोकाको सिसा समेत फुटेको छ । यसरी ढोकासमेत तोडेर तालछाप फोडिएपछि गुरागाई कार्यकक्षमा प्रवेश गरेका छन्।

    mahanagar2025-04-03-12-54-16 (1).png
    महानगर प्रहरीको अवरोधकाबीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउन धकेलाधकेल गर्दै कर्मचारी र वडाध्यक्ष सहितको टोली 

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईको स्वागतमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि उपस्थित भएकी थिइन् । 

    काठमाडौँ टावरको नक्सा पास सम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि काठमाडौँ महानगर र प्रमुख प्रशासकीय अधिकृत टसल परेको थियो। यही कारणले  महानगरले गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो।

    mahanagar22025-04-03-12-54-28.png
    ढोका फोडेरै कार्यालय प्रवेश गराईका प्रमुख प्रशासकीय अधिकृत गुरागाई र उपमेयर सुनिता डंगोलसहित बसेको बैठककको दृश्य 

    महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका थिए। यता मन्त्रालयले भने गुरागाईंलाई नै काममा लगाउन आग्रह गर्दै आएको थियो।

    मेयर बालेनले गुरागाईलाई काममा नलगाउने अड्डी लिएपछि यो विवाद उत्पन्न भएको हो। महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेपछि सागरमा कार्यरत कर्मचारीहरूको तलब समेत रोकिएपछि कर्मचारीहरुले आज प्रमुख प्रशासकीय गुरागाईंलाई कार्यकक्षमा हाजिर गराउने तयारी गरेका हुन्। कर्मचारीहरूको यस्तो तयारीपछि गुरागाईंलाई रोक्न  मेयर बालेनले नगर प्रहरी तैनाथ गराएपछि विवाद बढेको हो । 

    saroj-guragain-hajir-gareko.jpg
    ढोका फोडेरै भए पनि कार्यकक्षमा प्रवेश पाएपछि हाजिरी गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईं 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार