काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महासुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको हो ।
पश्चिम नेपालको जाजरकोट जिल्लाको पैंक क्षेत्र आसपास केन्द्र विन्दु भएर ५.५ म्याग्नेचियुडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजारकोटसहित सर्खेत, दैलेख लगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।
हिजो दार्चुलाको अपि हिमाल आसपास केन्द्र विन्दु भएर ४.५ म्याग्नेचियुडको भूकम्प गएको थियो ।
