काठमाडौं । फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक भएको छ ।
शनिबार सार्वजनिक गीतको भीडियोमा मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् ।
रोमन बज्राचार्य र निकिता थापाले गीतमा स्वर दिएका छन्। गीतको शब्द, संगीत र एरेन्ज रोमनकै हो। भिडिओका कोरियोग्राफर किरण थापा हुन्।
सुयोग गुरूङ निर्देशित ‘फर्की फर्की लाई ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मले प्रस्तुत गरेको हो। फिल्ममा अनमोल र जसिताका साथमा अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याल समेत शीर्ष भूमिकामा छन्।
फिल्म जेठ १० गतेबाट रिलिज हुनेछ ।
