शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पूर्णबहादुरको सारङ्गी

‘पूर्णबहादुरको सारङ्गी’ को गीत ‘चरी’ सार्वजनिक (भिडियो)

‘पूर्णबहादुरको सारङ्गी’ को गीत ‘चरी’ सार्वजनिक (भिडियो)

आइतबार सम्म ‘पूर्णबहादुरको सारङ्गी’ ले ३५ करोड ग्रस कलेक्सन गरेको

सोमबार, मंसिर ३ २०८१
सोमबार, मंसिर ३ २०८१
  • काठमाडौं । नेपाली कथकन चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को गीत ‘चरी’ सार्वजनिक भएको छ । 

    तेस्रो सातामा प्रदर्शनरत ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को निर्माण टीमले आज उक्त चलचित्रमा समावेश भएको गीत ‘चरी’ युट्युबमा सार्वजनिक गरेको हो । 

    सार्वजनिक गीतमा पुष्पन प्रधान र विज्ञानी पराजुलीको स्वर रहेको छ भने प्रशान्त शिवाकोटीको शब्द, संगीत रहेको छ । विशम आचार्यले गीतको एरेन्ज गरेका हुन् । आइतबार सम्म ‘पूर्णबहादुरको सारङ्गी’ ले ३५ करोड ग्रस कलेक्सन गरेको छ । 

    विजय बराल, बुद्धि तामाङ, अन्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहेको र सरोज पौडेलको कथा तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारङ्गी’ संवाद महेश दवाडीले लेखेका हुन् । 

    यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन भने कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार