काठमाडौं । नेपाली कथाकन चलचित्र ‘१२ गाउँ’ को दोस्रो गीत ‘यो मनले’ सार्वजनिक भएको छ ।
गत असोज २४ गते दशैं अगाडी फूलपातीको दिन रिजिल भएको अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ’ को दोस्रो गीत आज सार्वजनिक गरिएको हो ।
मुक्ता उदासको शब्द रहेको गीतमा शाहिद माल्या र सञ्जीवनीले स्वर दिएका छन् भने अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतको एरेन्जर अविनाश पासवान हुन् ।
गीतको भिडियोमा भने अभिनेता विराज भट्ट र अभिनेत्री एवम् पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको अभिनय रहेको छ । भिडियोमा विराज र न्यान्सी रोमान्टिक मोडमा देखिएका छन् ।
यस अघि ‘१२ गाउँ’ पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको थियो । उक्त गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपाल नृत्य गरेका थिए । फिल्ममा समीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा छन् ।
पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, तारा शर्मा, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि ‘१२ गाउँ’मा अभिनय छ ।
फूलपातीको दिनदेखि प्रदर्शनमा आउको ‘१२ गाउँ’ चलचत्रि हाल दोस्रो सातामा प्रवेश गरेको छ । ‘१२ गाउँ’ हाल दर्शकले रुचाएका छन् भने सिनेमा हलहरुमा पनि दर्शकले खचाखच भरिएका छन् । एक्सन चलचित्र ‘१२ गाउँ’ ले आक्रामक व्यापार सँगै दर्शकहरुको साथ पाएपछि पछिल्लो दिनहरुमा ‘१२ गाउँ’ को शोहरु समेत बढाइएको छ ।
