शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पूर्णबहादुरको सारङ्गी

‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित) 

‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित) 

सार्वजनिक ट्रेलरमा गन्धर्व समूदायको पुर्ख्यौली पेसा, दुःख विछोड, प्रेम र शैक्षिक अवस्था देखिाइएको

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं । नेपाली कथाकन चलचित्र पूर्णबहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

    सार्वजनिक ट्रेलरमा गन्धर्व समूदायको पुर्ख्यौली पेसा, दुःख विछोड, प्रेम र शैक्षिक अवस्था देखिाइएको छ । गन्धर्व भएकै कारण उनीहरुलाई समाजले कसरी भुईमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देखाइएको छ । 

    ट्रेलरमा विजय बराल, बुद्धि तामाङ, अन्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहेको छ । सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचिचत्रको संवाद महेश दवाडीले लेखेका हुन् । 

    यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन भने कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शन मिति कात्तिक १५ गते तोकिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार