मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माइला’ सार्वजनिक (भिडियोसहित) 

‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माइला’ सार्वजनिक (भिडियोसहित) 

चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने छ । 

शनिबार, जेठ १९ २०८१
शनिबार, जेठ १९ २०८१
  • काठमाडौं । नेपाली कथाकन चलचित्र ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माइला’ सार्वजनिक भएको छ । 

    श्रवण मुकारुङको शब्द रचना र कालीप्रसाद सापकोटाको संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई, बालकलाकार प्रसन्न राई फिचर्ड छन् । 

    गीतमा कुनै पनि व्यक्तिले आफुले गर्दै आएको पेश व्यवसाय संकटमा परेपछि उक्त व्यक्ति कसरी गाउँ छाड्ने निर्णयमा पुग्छ भन्ने लगायतका विषयलाई मिहिन ढंगबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसले नविन सुब्बाको निर्देशनमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ को कथासार बुझाएको छ । 

    चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार