मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साहित्य

‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सुरु 

‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सुरु 

चलचित्रको ओपनिङ दृश्य गायक, कलाकार तथा अभिनेता प्रकाश शपुत र बाल कलाकार जाम्भि पौडेलले दिएका छन् । 

शनिबार, जेठ २६ २०८१
शनिबार, जेठ २६ २०८१
  • काठमाडौं । नेपाली कथाकन चलचित्र पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सुरु भएको छ । 

    सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण हुन थालको चलचित्र ओखलढुंगा जिल्लाको रुम्जाटारबाट छायांकन सुरु भएको हो । चलचित्रको ओपनिङ दृश्य गायक, कलाकार तथा अभिनेता प्रकाश शपुत र बाल कलाकार जाम्भि पौडेलले दिएका छन् । 

    ‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश र बालकलाकार जाम्भिसँगै विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ । 

    सरोज पौडेलको लेख तथा निर्देशनमा बन्न लागेको उक्त चलचित्र सोसल–ड्रामा जनारा र गन्धर्व परिवारको कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानीकर्ता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार