मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

तीज गीत

बद्री पंगेनी र रचना रिमालले ल्याए नयाँ तीज गीत ‘बिलौना’ (भिडियो)

बद्री पंगेनी र रचना रिमालले ल्याए नयाँ तीज गीत ‘बिलौना’ (भिडियो)

रचना र बद्रीको स्वरमा रहेको यस गीतको भिडियोमा रचना र बद्रीले नै अभिनय गरेका छन् ।

शुक्रबार, साउन ११ २०८१
शुक्रबार, साउन ११ २०८१
  • काठमाडौं । लोक दोहोरी गायक बद्री पंगेनी र पछिल्लो समयकी चर्चित गायीका रचना रिमालले नयाँ तीज गीत ‘बिलौना’ ल्याएका छन् ।

    रचना र बद्रीको स्वरमा रहेको यस गीतको भिडियोमा रचना र बद्रीले नै अभिनय गरेका छन् । नारायण ज्ञवालीको लिरिक्स रहेको ‘बिलौना’ मा शिव हमालले म्युजिक भरेका हुन् ।

    गीतमा विश्वास नेपालको म्युजिक एरेन्ज रहेको छ भने मिक्सिङ कुमार रानाले गरेका छन् । खुमन राना र सुमन रानाले रेकर्ड गरेको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा नेपाली महिलाहरुको महान चार्ड तीजमा दाजु र बहिनीको सम्बन्धको विषयमा देखाउन खोजीएको छ ।

    गीतको भिडियोमा बद्री र रचना दाजु र बहिनीको भूमिकामा देखिएका छन् । तीजमा बहिनीलाई माइती घरमा सँग लिनको लागि दाजु बहिनीको घर गएको, दुई दाजु–बहीनीको प्रेम र भेट हुँदा सुख, दुःखका अनुभवहरु एक अर्कालाई साँटासाँट गरेको दृश्य देखाइएको छ ।

    गायीका रचना रिमालको अफिसियल युट्युब च्यानलमा आज बिहान सार्वजनिक गरिएको गीत यो समाचार तयार गर्दा सम्म ७ हजार ५३२ पटक हेरिएको छ । तीन नजिकिएसँगै गायक–गायीकाले तीजका गीतहरु सार्वजनिक गर्न थालेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार