मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नयाँ वर्ष

आज नयाँ वर्ष २०८१ प्रारम्भ, हर्षाेल्लासका साथ मनाइँदै

आज नयाँ वर्ष २०८१ प्रारम्भ, हर्षाेल्लासका साथ मनाइँदै

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ । विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।

बागीपाेस्ट संवाददाता
शनिबार, वैशाख १ २०८१

काठमाडौं । आजदेखि नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको छ । 

नयाँ वर्ष सुरु भएको पहिलोदिन आज नेपाल र विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गरिरहेका छन् । 

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिँदै सबै नेपालीहरुको उन्नती र प्रगतिको कामना गरेका छन् । 

त्यस्तै अन्य व्यक्तिहरु र सर्वसाधारणहरुले सामाजिक सञ्जलामा तस्बीरहरु सेयर गर्दै नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरिरहेका छन् । नया वर्षको अवसरमा केही नयाँ कामको सुरुवात गरिने र योजना निर्माण र संकल्प गर्ने समेत गरिन्छ । 

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ । विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार