काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणको काममा सत्ता पक्ष र प्रतिपक्षी सँगसँगै हिड्नुपर्ने बताएका छन् ।
गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेलले बुटवलमा बन्न लागेको १२ सय शय्याको प्रादेशिक अस्पताल शिलान्यास गर्दै विकासको काममा सँगै हिड्न प्रतिपक्षीलाई आग्रह गरे । “जब विकास निर्माणको कुरा आउँछ, सत्ता र प्रतिपक्षी सँगसँगै हिड्नुपर्छ,” उनले भने ।
अर्थमन्त्री पौडेलले अस्पतालको शिलान्यास गर्दै संघीय सरकारबाट हुने सहयोग र साथका लागि आफू सदैव तयार रहेको पनि प्रतिवद्धता जनाए। हाल अस्पतालमा विभिन्न १७ वटा विभागीय सेवा सञ्चालनमा छन्।
