मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

गायिका एलिना चौहानले कसिन् लगनगाँठो 

गायिका एलिना चौहानले कसिन् लगनगाँठो 

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख ५ २०८१

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । 

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा एलिनाले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराएकी हुन् । बाग्लुङ घर भएका विष्णु भने अष्ट्रेलियामा बस्दै आएका छन् । 

विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णु सेतो दौरा सुरुवालमा सजिएका छन् । उनीहरुले विवाह समारोहमा खुसी हुँदै औंठी साटासाट गरेका थिए । विवाहमा दुवै पक्षका आफन्तहरुसहित कलाकारहरु सहभागी भएका छन् । 

विष्णु बाग्लुङको घरबाट जन्ती लिएर मंगलबार साँझ झापा पुगेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार